पत्रकार कमला हमालमाथी अश्लिल शब्द प्रयोग

45

नेपालगन्ज, भदौं ५-
पत्रकार कमला हमालमाथी एक ब्यक्तिले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘बलात्कारको आशयसहित’ अश्लिल शब्द प्रयोग गरेका छन् । हमालले लेखेको स्टाटसमा कमेन्ट गर्दै बाँके, कोहलपुरका प्रमोद रिजालले उक्त शब्द प्रयोग गरेका हुन् । दैनिक नेपालगन्ज पत्रिकाको कोहलपुर संवाददाता समेत रहेका रिजालले आफ्नो फेसबुक स्टाट्समा अश्लिल शब्द प्रयोग गरी कमेन्ट गरेको र त्यसपश्चात सम्झाउँदा झन् म्यासेन्जरमा पनि विभिन्न अश्लिल शब्द बोलेको पीडित हमालले बताएकी छन् ।

रिजालले फेसबुक र म्यासेन्जरमा लेखेका अश्लिल शब्द सामाजिक सञ्जालमा समेत भाईरल भईरहेको छ । एक गैर सरकारी संस्थामा कार्यरत रहेका रिजालले राजनीतिक पकडका आधारमा डेढ वर्षअघि पत्रकार महासंघ बाँके शाखाको सदस्यता लिन सफल भएका थिए । त्यसयता नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्जका लागि समाचार लेख्दै आएका छन् । रिजालले यसअघि पनि महिलाहरुमाथी पटक–पटक अश्लिल शब्द प्रयोग गर्ने गरेको खुलेको छ । रिजालमाथी कानुनी कारबाही गर्नुपर्ने चौतर्फी रुपमा दवाव बढेको छ । सामाजिक सञ्जालमार्फत पनि उनीलाई कारबाहीको माग गरिएको छ ।

कमला हमालको फेसबुक स्टाटसमा अश्लिल शब्द प्रयोग गर्ने प्रमोद रिजाल ।

पीडित हमाल पनि न्याय प्राप्तिका लागि सम्बन्धित निकायमा उजुरी गर्ने तयारीमा छिन् । पत्रकारिता विषयमा स्नातकोत्तर तह अध्ययन गरिरहेकी हमाल हाल काठमाडौंमा छिन् । कानुन ब्यवसायी, महिला अधिकारकर्मी, अग्रज पत्रकार लगायतसँग परामर्श लिएर कानुनी बाटो अबलम्वन गर्ने मनस्थितीमा पुगेको उनले बताएकी छन् । ‘जब फेसबुकमा मेरो स्टाटसमाथी अश्लिल शब्द प्रयोग गरि कमेन्ट गरियो, त्यसले मेरो भावनामा गहिरो चोट पु¥यायो, मैले धेरै पीडा र अन्यायमा परेको महसुस गरेकी छु,’ हमालले भनिन् ‘मलाई न्याय दिनुपर्यो।’ न्यायका लागि बुधबार राष्ट्रिय महिला आयोग लगायत निकायसँग परामर्श लिएको उनले बताईन् । पत्रकार हमालमाथी भएको उक्त घटनाको पत्रकारका विभिन्न संघ, संगठनले निन्दा एवम् घोर भत्र्सना गरेका छन् ।

पत्रकार महासंघ बाँकेको आकस्मिक बैठकले बुधबार महासंघका साधारण सदस्य रिजालको सदस्यता निलम्वन गर्ने सिफारिस गरेको छ । ‘शाखाका साधारण सदस्य कमला हमालको सामाजिक सञ्जाल फेसबुक स्टाटसमा महासंघकै साधारण सदस्य प्र्रमोद रिजालले असभ्य, अश्लिल गालीगलौज गरी लेखिएको कमेन्टमा नेपाल पत्रकार महासंघ बाँकेको गम्भिर ध्यानआर्कषण भएको छ, निजले लेखेको कमेन्टले हमालको भावनामा चोट पुर्योएको तथा पत्रकार आचार संहिता बिपरितको कार्य भएको ठहर गर्दै निज रिजाललाई नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट निलम्बनका लागी नेपाल पत्रकार महासंघ प्रदेश कार्यालय र केन्द्रिय कार्यालयमा सिफारिस गर्ने निर्णय गरिएको छ,’ सचिव तिलक गाउँलेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

Womui
Womui