बलात्कारका घटनाविरुद्ध सडकमा यसरी उत्रिए महिला

242

नेपालगन्ज, भदौं ५-
महिला तथा बालिकामाथी भएका बलात्कारका घटनाविरुद्ध नेपालगन्जमा प्रर्दशन गरिएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा मंगलबार प्रर्दशन गरिएको हो ।

राप्रपाको पार्टी कार्यालय बिद्युत रोडबाट सुरु भएको प्रर्दशन जिल्ला प्रशासन कार्यालयमा आएर समापन भएको थियो । ठुलो संख्यामा उपस्थित महिलाले बलात्कारमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका थिए । श्रृंखलावद्ध रुपले बलात्कारका घटना भएपनि प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै उनीहरुले आक्रोश पोखे । बलात्कारीलाई दिईने दण्ड सजाय अपुग रहेको भन्दै महिलाहरुले सर्बश्व सहित आजीवन थुनामा राख्ने कानुनी ब्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

टाउकोमा कालोपट्टी बाँधेका महिलाहरुले विभिन्न प्लेकार्ड बोकेका थिए । संगठनले बलात्कारका घटनाविरुद्ध बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापन पत्र बुझाए । संगठनका केन्द्रिय सदस्य एवम् जिल्ला उपाध्यक्ष लक्ष्मी श्रेष्ठले उक्त ज्ञापन पत्र बुझाईन् । सो क्रममा संगठनकी उपाध्यक्ष श्रेष्ठ, नेतृहरु विष्ण सिंह, सरिता शाही, ईन्दिरा शाही लगायतले सम्बोधन गरेका थिए ।

Womui
Womui