कालिमाटी तरकारी बजार बन्द सरकारलाई चेतावनी

281

छिनछिन खबर
काठमाडौं, भदौ ५ । सरकारी अनुगमनको बिरोधमा तरकारी व्यवसायी आन्दोलनमा छन् । मंगलबार काठमाडौंको मुख्य कालिमाटी तरकारी तथा फलफूल बजार आंशिक रुपमा मात्रै खुलेको छ ।केही स्थानीय कृषकबाहेक अन्य ब्यापारीले कालिमाटीमा तरकारी बिक्री वितरण रोकेका छन् । ‘स्टक’मा रहेका आलु, प्याज, कागति र आशिंक रुपमा हरियो तरकारी बेच्ने बाहेक अन्यको उपस्थिति बजारमा देखिँदैन ।

अनुगमनका कारण मूल्य घटाउनुपर्ने र गुणस्तरमा पनि प्रश्न उठ्न सक्ने देखिएपछि तरकारीको ब्यापार रोकेको देखिएको छ । ब्यापारी तथा बिचौलियाले । कालिमाटीकै ब्यापारीहरुले बिक्री वितरण मात्रै रोकेपछि काठमाडौंमा तरकारी आपूर्ति पनि घटेको छ ।जसका कारण काठमाडौंमा तरकारी आपूर्ति पनि रोकिएको छ । कालीमाटी बजार बन्द रहे उपभोक्ता मारमा पर्न स्थिति आएको छ । व्यवसायीले सरकारलाई आफ्नो तागत देखाउने गरी अत्यावश्यकीय वस्तु तरकारीको बिक्री वितरण रोकेका छन् । सरकारले यसकाविरुद्ध कडा रूप लिने छाँट भने अझै देखाएको छैन । सरकार अझै ‘पर्ख र हेर’ स्थितिमा देखिन्छ ।

 

सँधै चापमा रहने कालिमाटी बजार मंगलबार दिउँसो सुनसान देखियो । बजारमा भारी बोकेर गुजारा चलाउनेहरु काम नभएपछि निराश भेटिए ।कालिमाटीमा ब्यापारीहरुले आफ्नो विरुद्धमा समाचार लेखेको भन्दै सञ्चारकर्मीलाई पनि प्रवेश गर्न र फोटो भिडियो खिच्न अवरोध गरेका छन् ।

 

Womui
Womui