कर वृद्धिले हैरानी, कस्तो प्रतिवेदन बुझाउँला सरकारले गठन गरेको कर अध्ययन समितिले ?

28

मालती ओली
छिनिछन खबर
काठमाडौं, भदौ ३ । जनतामा थोपरिएको दोहोरो करको चौतर्फ बिरोध भएपछि साम्य पार्न सरकारले दुई समिति गठन गरेको छ । तीनवटै तहका सरकारले लगाएको कर अध्ययनका लागि दुई समिति बनाइएको हो । कर सम्बन्धी अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याल सदस्य रहेको उच्चस्तरीय समिति गठन गरिएको छ ।


सर्बसाधारण र ब्यवसायी दोहोरो करको मारमा परेको भन्ने गुनासोबारे अध्ययन गर्न अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख हरिशरण पुडासैनीको नेतृत्वमा निजी क्षेत्रका प्रतिनिधिसमेत रहेको अर्को समिति पनि गठन भएको छ । यी समितिहरुले करसम्बन्धी अन्तरसरकारी अस्पष्टता, असमझदारी तथा समन्वयका विषयमा अध्ययन गर्न र निजी क्षेत्रमा दोहोरो करको गुनासोबारे छानबिन गर्ने जिम्मेवारी पाएका छन् । करको बिषयमा सरकारको चौतर्फी आलोचना भएपछि सरकारले समिति गठन गर्न बाध्य भएको हो । यी समितिहरुलाई १५ दिनको समयय दिइएको छ ।

Womui
Womui