साढे २ वर्षमा पुनर्निर्माण सक्ने नवनियुक्त सिइओ ज्ञवालीको दाबी

43

छिनछिन खबर
काठमाडौं , साउन ३१ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले आगामी दिनमा समयावधि तोकेर पुनर्निर्माणका काम अघि बढाउने बताएका छन्। दोस्रो पटक प्राधिकरणको सिइओको औपचारिक कार्यभार सम्हाल्दै ज्ञवालीले ठोस कार्ययोजना तयार गरी समयावधि किटान गरेर पुनर्निर्माणका काम अघि बढाउने बताए।

हालसम्म भएको पुनर्निर्माण प्रगति र आगामी दिनमा हासिल गर्ने उपलब्धि समेटेर नयाँ ढंगले अघि बढ्ने उनले बताए।पुनर्निर्माणका कामलाई गति दिन भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ ले तोकेको ५ वर्षमा पुनर्निर्माणको काम सक्ने लक्ष्यलाई पुनरावलोकन गरिने उनले बताए।सरकारले ५ पुस ०७२ मा प्राधिकरण ऐन जारी गरेको थियो। उक्त ऐनले प्राधिकरणको अवधि ऐन जारी भएको ५ वर्ष रहने व्यवस्था गरेको छ। पुनर्निर्माण सम्पन्न हुन नसक्ने अवस्था आएको खण्डमा प्राधिकरणको समयावधि १ वर्ष थप गर्न सकिने व्यवस्था ऐनमा छ।राजनीतिक स्थायित्व, संघीय प्रणाली लागू भएर अधिकार तल्लो तहमा पुगेको लगायतका विषय उल्लेख गर्दै सिइओ ज्ञवालीले अब प्राधिकरणलाई कुनै खालको ‘क्षमा’ नहुने बताए।

विगतमा राजनीतिक अस्थिरता लगायतका कारण छिटोछिटो सिइओ परिवर्तन हुने अवस्था सिर्जना भएको ज्ञवालीको भनाइ छ। ‘हामीले शून्यबाट काम सुरु गरेका हौं, प्रणाली स्थापित गरेका हौं,’ उनले भने, ‘अब त्यसलाई नयाँ ढंगबाट गति दिने गरी लाग्नुपर्छ।’प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले प्राधिकरण गठन भएको लामो समय बितिसक्दा पनि अपेक्षित लक्ष्य हासिल गर्न नसकेको बताए। प्राधिकरणलाई पर्याप्त अधिकार नहुँदा समस्या उत्पन्न भएका उनको भनाइ थियो

Womui
Womui