नेपालसँग श्रमिक आपूर्तिमा देखिएको समस्या जिटूजी मार्फत् समाधान गर्ने मलेसियन प्रधानमन्त्रीको भनाइ

116

काठमाडौ, साउन २९ (एजेन्सी) । मलेसियाली प्रधानमन्त्री महाथीर मोहम्मदले मलेसिया सरकारले आप्रवासी कामदार आपूर्ति र व्यवस्थापनका लागि नयाँ प्रणाली स्थापना गर्ने लागेको बताएका छन् ।

मलेसियाली संसदमा मंगलबार सम्बोधन गदै उनले नेपालबाट मलेसिया जाने श्रमिक आपूर्ति रोकिनु दुर्भाग्यपुर्ण भएको बताउदै नेपालसँग जीटूजी (गभर्नमेन्ट टू गभर्नमेन्ट) श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्नेसमेत जानकारी दिएका छन् । नेपाल सरकारको सम्बन्धित निकायसँग जीटूजी र एमओयू कुनै पद्धति अपनाएर सम्झौता गर्ने विषयमा छलफल भइरहेको समेत प्रधानमन्त्री मोहम्मदले संसदलाई जानकारी गराएको मलेसियाको सञ्चारमाध्याम दि स्टारले जनाएको छ । आप्रवासी कामदारमाथि १० वटा रिक्रुइटमेन्ट एजेन्सीले एकाधिकार जमाएर पैसा असुल्ने गरेको पाइएको बताउँदै प्रधानमन्त्री महाथिरले भनेका छनर्् अब मलेसिया सकारले प्रतिस्पर्धाका आधारमा श्रमिक आपूर्ति गर्न एजेन्टहरु बढाउन योजना बनाएको छ ।

नेपाल, बंगलादेशसहित सबै कामदार श्रोत मुलुकमा एउटै प्रणाली लागू गरेर श्रमिक आपूर्ति गर्ने पक्षमा मलेसिया सरकार रहेको छ । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री महाथिरले श्रमिक आपूर्ति गदै आएका देशसँग एउटै नीति अवलम्वन गर्ने र योभन्दा अगाडी भएका विभिन्न घटना तथा ठगिका विषयमा स्वतन्त्र समिति बनाएर अध्ययन, अनुसन्धान गर्न घोषणा गरेका छन्। उक्त समितिले नीतिगत व्यवस्थाका लागि समन्वय र आप्रवासी श्रमिक आपूर्तिका लागि नयाँ नीति बनाउने उनको भनाइ छ । उच्च सरकारी अधिकारीको अध्यक्षतामा बन्ने यस्तो समितिमा पूर्वन्यायाधीश तथा अध्यागमनका कर्मचारी हुने जनाइएको छ ।

गैरकानुनी रुपमा मलेसिया आउने र बस्ने आप्रवासी कामदारलाई स्वदेश फर्कन प्रधानमन्त्री महाथिरले अपिल समेत गरेका छन् । उनले हाल, बंगलादेशबाट श्रमिक आपूर्ति गदै आएका १० वटा कामदार आपूर्तिकर्ता एजेन्सीलाई बन्द गरेको पनि घोषणा गरेको जानकारी गराएका थिए । बगलादेशसँग पनि सरकारीस्तरमा छलफल गरेर सीमित एजेन्सीबाट श्रमिक आपूर्ति गर्ने पक्षमा मलेसिया सरकार रहेको उनको भनाइ छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ ३ गते मलेसिया जाने कामदार आर्थिक भार थप्दै आएका विभिन्न संस्था बन्द गरेपछि त्यहाँ कामदारको प्रक्रिया नै रोकिएको छ ।

Womui
Womui