टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

272

छिनछिन खबर
काठमाडौं, साउन २९ । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कामिनीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । दुईपटक स्पष्टिकरण सोधिएकी कामिनीको जवाफ चित्त नबुझ्दो भएकाले उनलाई बर्खास्त गरिएको बताइएको छ ।


सोही बैठकले ५ सदस्यीय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान पुनर्गठन समेत गरेको छ । प्रतिष्ठानमा लालबाबु यादव, हरि फुयाल, डा. खड्ग केसी, डा. शंकर शर्मा र मिना वैद्यलाई नियुक्त गरिएको छ ।

Womui
Womui