डा. केसीले प्रधानमन्त्रीलाई भने १६ औं अनसन बस्न नपरोस्

30

छिनछिन खबर
काठमाडौं , साउन २६ ।डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने बताएका छन् । त्यसमा तोडमोड गरे १६ औं अनसन बस्ने उनको चेतावानी छ ।प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका थिए । भेटमा चिकित्सा शिक्षाबारे छलफल भएको छ ।

 

डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै विधेयक पास हुनु पर्ने बताएका छन् । नभए १६ औं अनसन बस्ने उनले बताए ।प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिएका छन् । साथै उनले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गरेका छन् ।तर, डा. केसीले भने आफू नबस्ने बताएका छन् । ‘हामीले अरुलाई पनि विश्वास गर्नुपर्छ । कमिटी बनाउने हो भने हाम्रो प्रतिनिधि राख्नु भए हुन्छ’ उनले भने ।

Womui
Womui