प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको शव परिवारले बुझे

34

छिनछिन खबर
काठमाडौं, साउन २६ ।काँडाघारीबाट अपहरण गरिएका बालक निशान खड्काको हत्या गरेपछि प्रहरीसँग मुठभेड हुँदा इन्काउन्टरमा मारिएका भनिएका दुई अपहरणकारीको शव परिवारलाई जिम्मा लगाइएको छ ।शुक्रवार साँझ अबेर परिवारसँगको सहमतिपछि पोष्टमार्टम गरिएको नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको शव परिवारको जिम्मा लगाईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिए ।

 

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमा अजय र गोपालका मृत्युको कारण ‘बुलेट इन्जुरी’ देखिएको छ ।त्रिवि शिक्षण अस्पतालका चिकित्सकले गोपालको शरीरबाट ३ ओटा गोली निकालेका छन् । ११ वटा गोली लागेको गोपालको शरीरमा गोलीका कारण १९ ओटा प्वाल परेको भेटिएको छ ।त्यस्तै अजय तामाङको शरीरमा ४ ओटा गोली लागेको र शरीरका ११ स्थानमा प्वाल परेको पोष्टमार्टमा रिपोर्टमा उल्लेख छ ।महानगरीय अपराध महाशाखाले अपहरणकारीसँगको मुठभेडका क्रममा १९ राउण्ड गोली चलेको बताउँदै आएको छ ।शुक्रवार करिब १२ बजे पोष्टमार्टमपछि शव जिम्मा लिएका अजय तामाङका आफन्तले दाहसंस्कारका लागी नुवाकोट लगेको बताईएको छ ।सिन्धुपाल्चोकका गोपाल तामाङका परिवारले पनि शव बुझिसकेको र शनिबार काठमाडौंमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।

Womui
Womui