थोरै दाइजो ल्याएको भन्दै एक वर्षदेखि पारिवारिक यातना खेप्दैछिन् सञ्जिला

41

छिनछिन खबर
इनरुवा , साउन २६ ।सुनसरी भोक्राहा नरसिहं गाउँपालिका–१ का सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा एक वर्षदेखि परिवारले चरम यातना दिँदै आएका छन्।भोक्राहा नरसिंह–१ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं–५ का सद्धाम मियाँसँग भएको थियो। श्रीमान् र उनका बाबु–आमासमेतले विवाह भएको केही महिनादेखि ’तिम्रा बुबाले दाइजोमा थोरै रकम दिएको र थप रकम नदिए ठिक नहुने’ भन्दै शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडित सञ्जिला खातुनले बताइन्।

दैनिक काममा लगाउने तर खानदिन भने बेवास्था गर्ने र बेलुका भएपछि कुटपिट समेत गर्ने गरेकाले माइतीमा गएर जानकारी गराएपछि परिवारका सदस्यलाई सम्झाउँदासमेत बेवास्ता गरेकाले न्यायका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनको भनाइ छ।दिउँसो घरमा काम नगरी किन बसेको भन्दै सासू–ससुराले खानसमेत नदिई बाहिर काम गर्न पठाउने र श्रीमान्ले तलाक दिएर सम्बन्धबिच्छेद गर्न बाध्य नहुञ्जेल कुट्न नछाडने भन्दै कुट्ने गरेकाले प्रहरीसमक्ष घटनाको बारेमा उजुरी दिएको सञ्जिलाले पीडा सुनाइन्।हालसम्म सन्तानसमेत नभएकाले सञ्जिलाका श्रीमान्ले विवाह दर्ता गरेर नागरिकसमेत बनाउन अस्विकार गर्दै आएकाले ज्वाइँको नियत छोरीलाई दुःख दिने मात्र भएको पीडितका बुबा सराजले बताए।जिल्ला प्रहरी कार्यालयले कुटपिटको घटना भनी निवेदन परेकाले यसबारेमा दुवै पक्षसँग बुझ्ने कार्य भइरहेकाले दोषी पाइएमा कारबाही गर्ने जनाएको छ।रासस

Womui
Womui