२७ लाख बराबरको औषधि सडकमा भेटियो

64

छिनछिन खबर
पर्सा, साउन २६ ।प्रहरीले पर्साको छप्कैयाबाट ठुलो परिमाणको विभिन्न औषधि बेवारीसे अवस्थामा फेला पारेको छ।वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले २७ लाख ७८ हजार ६ सय २४ रुपैया बराबरको बेवारिसे औषधि फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

शुक्रबार दिउँसो गस्तीमा खटिएको प्रहरी टोलीले विरगंज महानगरपालीका ३ स्थित छप्कैया स्थिल सडक खण्डमा बेवारिसे अवस्थामा उक्त औषध बरामद भएको प्रहरीको भनाइ छ।बेवारिसे अवस्थामा फेला परेको औषधी आवश्यक कारवाहीको औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंज पठाउने कार्य भैरहेको प्रहरीले बताएको छ।

Womui
Womui