प्रदेश नम्बर पाँचको राजधानी र नामाकरणका लागि सिफारिस गर्न विशेष समिति गठन

179

छिनछिन खबर
बुटवल, साउन २४ । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्न विशेष समिति गठन गरिएको छ । प्रदेश सभो दोस्रो अधिवेशन अन्तरगत बिहीबार बसेको अन्तिम प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नाम सिफारिसको लागि १५ सदस्यीय विशेष समिति गठन गरिएको हो ।


गठित विशेष समितिले ३ महिनाभित्र प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्नुपर्ने छ । प्रदेशसभा सदस्यहरू कल्पना पाण्डे, चेतनारायण आचार्य, तारा जिसी तुल्सीप्रसाद चौधरी, दिनेश पन्थी, दीपेन्द्रकुमार पुन, दीपेश थारु, नारायणप्रसाद आचार्य, निर्मला क्षेत्री, भुवनेश्वर चौधरी, रमा अर्याल, वीरबहादुर राना, विष्णुप्रसाद पन्थी, सरस्वती गौतम र सहर्षराम यादव समितिको सदस्य रहेका छन् ।
समितिका सदस्यहरूमा १० जना लुम्बिनी अञ्चलका सांसद रहेका छन् । त्यस्तै, बिहिबारको बैठकले ११ सदस्यीय विशेषाधिकार समिति पनि गठन गरेको छ । विशेषाधिकार समितिमा अमरबहादुर डांगी, अष्टभुजा पाठक, कमलराज श्रेष्ठ, कल्पना पाण्डे, तारा जिसी, पार्वती पुन, तेजबहादुर ओली, फकरुद्धिन खाँन, बाबुराम गौतम, सन्तोषकुमार पाण्डे र हरिप्रसाद रिजाल रहेका छन् ।

Womui
Womui