मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल २३३१ रुपैयाँ

127

छिनछिन खबर
काठमाडौं, साउन २४ । दलाल र व्यापारीले किसानसँग निकै सस्तोमा धान खरिद गरिरहेको बेला सरकारद्वारा न्यूनतम समर्थन मूल्य तोकिएको छ । दलालले समर्थन मूल्य भन्दा कम दरमा किसानको धान खरिद गर्न पाउने छैनन् । त्यो मूल्यमा दलालले धान खरिद नगरे सरकारले समर्थन मूल्यमा किसानको धान खरिद गर्नेछ । बर्खे धानको लागि सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल २३३१ र मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा प्रतिक्विन्टल कायम गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गाकुल बास्कोटाले जानकारी दिए ।


सरकारले अर्को वर्ष पुनः धानको समर्थन मूल्य तोक्नु पर्नेछ । किसानहरुले धानको जस्तै कृषिका अन्य उत्पादनमा पनि सरकारले समर्थन मूल्य तोक्नु पर्ने माग गर्दै आएका छन् ।

Womui
Womui