पूर्णचन्द्र थापा कायममुकाम प्रधानसेनापति

36

छिनछिन खबर
काठमाडौं, साउन २४ । पूर्णचन्द्र थापाले बिहीबारदेखि नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कमाण्ड सम्हालेका छन् । यसअघि उनी बलाधिकृत रथी थिए । प्रधानसेनापति राजेन्द्र क्षत्री अवकास पाउनुअघि एक महिना पहिला विदामा बसेपछि थापाले सेनाको नेतृत्व लिएका हुन् । थापाको सेनाको वरियता क्रममा दोस्रो नम्बरमा पनि थिए । थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३ औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नेछन् ।


२०१७ भदौ २५ गते लम्जुङको गाउँसहरमा जन्मिएका थापा २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए ।

Womui
Womui