बस र ट्रक ठोक्किँदा नारायणगढमा ४ जनाको मृत्यु

30

छिनछिन खबर
काठमाडौं, साउन २३ । नारायणगढमा ट्रक र बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मंगलबार राति पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नम्बरको बस ठोक्किँदा भएको दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।


पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौं थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।
रासस

Womui
Womui