नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरूद्ध

150

चितवन, साउन २१ । निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ(मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि सोमबार बिहान ६ बजेबाट सडक फेरि अवरुद्ध भएको हो ।


जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ । त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गतको फिस्लिङमा बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्छ । पानी परिरहेकाले पहिरो पन्छाउन गाह्रो भइरहेको प्रहरीले जनाएको छ ।
रासस

Womui
Womui