जाजरकोट पहिरो अपडेटः मृत्यु हुनेको संख्या ८ पुग्यो, एक बेपत्ता

219

छिनछिन खबर
जाजरकोट, साउन २० । भेरी नगरपालिका–३ ठाँटीबजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार बिहानको पहिरोले गोपाल सुनार र तीर्थ बोहराको घर पुरिँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी तीर्थ बोहराका ८ वर्षीया छोरी नोज्माा, उनकै घरमा डेरा गरी बस्ने भेरी नगरपालिका–६ का २५ वर्षीया सितली लुहार, उनका छोरीहरु १० वर्षीया रञ्जना , ६ वर्षीया मनिषा र तीन वर्षीया भगवतीको मृत्यु भएको छ।


त्यस्तै गोपाल सुनारको घरमा डेरागरी बस्ने कुशे गाउँपालिका–५ जाजरकोटका ८ वर्षीय दशरथ परियार, सोही घरमा खेल्न गएका कुशे गाउँपालिका–६ का १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियारको पनि पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यसैगरी, गोपालकै घरमा डेरा गरी बस्ने कुशे गाउँपालिका–५ का १२ वर्षीय गोविन्द परियार पहिरोमा पुरिएर बेपता भएको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरोबाट मृतकको शव निकाल्नुका साथै केहीलाई उद्दार गरेका हुन्।

Womui
Womui