ईलाका प्रहरी कार्यालय जमुनाहामा बृक्षारोपन

333

नेपालगन्ज, साउन २०-
जिल्ला प्रहरी कार्यालय बाँकेको हरियाली अभियान अन्तर्गत आइतबार नेपालगन्जमा बृक्षारोपन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाको परिसरभित्र रहेको १ विघा जमिनमा आँप, सुगन, मसलाको विरुवा रोपिएको हो ।


प्रदेश नम्बर पाँच प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेत, नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर धवलशम्शेर राणा, संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक घनश्याम अर्याल, मध्यपश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र नेपालगन्जका प्रमुख बरिष्ठ उपरीक्षक डा. देबबहादुर बोहरा, जिल्ला प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङ लगायतले बृक्षारोप गरेका हुन् ।

Womui
Womui