विराट कोहली विश्वको नम्बर एक टेस्ट क्रिकेटर

102

छिनछिन खबर
नयाँदिल्ली, साउन २० ।इङ्ल्यान्डविरुद्धको सतक प्रहार गरेका भारतीय टिमका कप्तान विराट कोहली टेष्ट क्रिकेटका नम्बर एक खेलाडी भएका छन्।इंल्याण्डसँगको पहिलो टेष्टमा पराजित भए पनि कोहलीले पहिलो पारीमा सतक र दोस्रो पारीमा अर्धशतक जोड्दै नम्बर एक खेलाडी भएका हुन्।

आइसिसिले सार्वजनिक गरेको नयाँ वरियता अनुसार लामो समयदेखि टेष्ट क्रिकेटमा एक नम्बरमा रहँदै आएका अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथलाई पन्छाउँदै कोहली नम्बर एकमा पुगेका हुन्।आईसीसी टेस्ट र्‍याङकिङमा विराट कोहली ९३४ अंकसहित पहिलो नम्बरमा पुगेका हुन्।दोस्रो स्थानमा झरेका अस्ट्रेलियन स्टिभ स्मिथ ९२९ अंक पाएका छन्। स्टिभन स्मिथ डिसेम्बर २०१५ देखि टेस्ट क्रिकेटमा लगातार नम्बर एक स्थानमा थिए ।यस्तै तेस्रो स्थानमा रहेका इङ्ल्यान्ड क्रिकेट टिमका कप्तान जो रूटले ८६५ अंक पाएका छन् भने चौथो स्थानमा न्यूजिल्याण्डका केन विलिम्सन छन्। उनले ८४७ अंक पाएका छन्। पाँचौ स्थानमा रहेका अष्ट्रेलियाका डेबिड वार्नरले ८२० अंक पाएका छन्।

यस्तै भारतीय टिमबाट चेतेश्वर पुजारा शीर्ष ७९१ अंकसहित छैठौं नम्बरमा छन्।विराट कोहलीले पहिलो पटक नम्बर १ टेस्ट ब्याट्सम्यान बन्ने गौरव हासिल गरेका छन् । साथै सात वर्षपछि कुनै पनि भारतीय ब्याट्सम्यान नम्बर १ मा पुगेका हुन् ।यसभन्दा अघि जुन २०११ मा सचिन तेन्दुलकर नम्बर १ टेस्ट ब्याट्सम्यान बनेका थिए।सचिनका अलावा टेस्ट क्रिकेटमा राहुल द्रविड़, गौतम गम्भीर, सुनिल गावस्कर, वीरेन्द्र सहवाग र दिलीप वेङ्गसरकरले नम्बर १ ब्याट्सम्यान बन्ने गौरब हासिल गरेका थिए।टेष्टसँगै कोहली ओडिआईका पनि नम्बर एक खेलाडी हुन्।

Womui
Womui