नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध, घुमाउनेमा पहिरो खस्यो

177

भरतपुर, साउन १९ । भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ। शनिबार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ । पहिरो पन्छाउने काम सुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो ।


पहिरोले चितवनबाट काठमाडौं र पोखरा जाने तथा काठमाडौं र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ । यसअघि बिहीबार पनि सोही ठाउँमा पहिरो खसेर ५ घण्टा सडक रोकिएको थियो ।
रासस

Womui
Womui