समितिको दुई तिहाइद्वारा जोशी प्रधानन्यायाधीशमा अस्वीकृत

46

छिनछिन खबर
काठमाडौं, साउन १८ ।संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीलाई अस्वीकृत गरेको छ।दुई तिहाइका आधारमा समितिले जोशीलाई अस्वीकृत गरेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेर निस्केपछि बसेको समितिको बैठकले मतदानका आधारमा दुई तिहाइले जोशीको सिफारिश अस्वीकृत गर्ने निर्णय गरेको हो।

यसअघि जोशीबारे मतदान गर्ने प्रस्ताव आएपछि नेपाली कांग्रेसले १० मिनेट समय मागेको थियो। जेष्ठ सदस्यका हैसियतमा समितिको सभापतित्व गरिरहेका लक्ष्मणलाल कर्णले १५ मिनेट समय दिएका थिए।उक्त समयमा छलफल गर्दै कांग्रेस सांसदले बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए। दुई तिहाइले प्रधानन्यायाधीश सिफारिश भएका व्यक्तिलाई अस्वीकृत गर्नु न्यायालयमाथिको हस्तक्षेप भएको भन्दै आफूहरूले बैठक बहिष्कार गरेको कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताए।कांग्रेस सांसदहरू निस्केपछि बसेको समिति बैठकले जोशीबारे मतदान भएको थियो।

सभापति कर्णले जोशीलाई अस्वीकृत गर्ने पक्षमा १० भोट र स्वीकृत गर्नेमा शुन्य भोट परेकाले उनको सिफारिश अस्वीकृत भएको बताए। १५ सदस्यीय समितिमा संघीय समाजवादी फोरम र नेकपाका सांसदको दुई तिहाइ पुग्छ।साउन १० गते संसदीय सुनुवाइ भएका जोशीका शैक्षिक प्रमाणपत्र र कार्यसम्पादनलाई आधार मानेर जोशीलाई प्रधानन्यायाधिशमा अस्वीकृत गरेको हो।नेपालको संसदीय सुनुवाइ समितिको इतिहासमा पहिलो पटक समितिले प्रधानन्यायाधीशमा सिफारिश भएकालाई अस्वीकृत गरेको हो।

Womui
Womui