भिजिट भिसामा आएका नेपाली फुटबल टोलीका प्रशिक्षक कोजी सन् २०१९ सम्म नेपाल प्रवेश गर्न नपाउने

37

छिनछिन खबर
काठमाडौं, साउन १८ ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योतुकु कोजीलेलाई गृह मन्त्रालयले स्वदेश फर्काउन लागेको छ।अध्यागमनको नियन बिपरित नेपाल बसेको भन्दै कोजीलाई गृह मन्त्रालयले स्वदेश फर्काउन लागेको हो।

पर्यटक भिसामा सन् २०१६ मार्चमा नेपाल आएका जापानी नागरिक कोजीको नेपाल बस्ने भिसा सकिएपछि उनलाई अध्यागमन बिभागले जरीवानासहित जापान फिर्ता पठाउन लागेको हो।पर्यटक भिसामा आएका उनी १ सय ५० दिन भन्दा बढी बस्न नपाउने भएका कारण उनलाई फिर्ता पठाउन लागिएको अध्यागमन बिभागका प्रमुख ईश्वरराज पौडेलले सेतोपाटीलाई जानकारी जानकारी दिए।पौडेलका अनुसार पर्यटक भिसामा ओभरस्टे देखिए पछि उनले भिसाभन्दा बढी समय बसेको जरिवाना तिर्नुपर्ने हुन्छ।

मुलुकका आवश्यक मानिस भए अर्को प्रक्रियाबाट पुनः ल्याउन सकिने उनले बताए।अहिले चै उनलाई नियमअनुसार स्वदेश फर्काउन लागिएको उनले बताए।‘अहिले चाहिँ हामीले उहाँलाई सम्बन्धित देशमा नियमअनुसार पठाउनुपर्छ। किनकी कानुन सबैका लागि बराबर नै हो,’ उनले भने।उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको हो। कोजी अब सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश गर्न पाउँछन्। कोजी शुक्रबार जापान फिर्ता हुँदैछन्।

उनलाई निष्काशन गर्ने निर्णय गर्नुअघि एन्फा पदाधिकारीले अध्यागनका अधिकारीसँग छलफल समेत गरेका थिए।कोजीले नै छानेका २९ नेपाली फुटबल खेलाडीहरू एसियन गेम्सको तयारीका लागि थाइल्याण्ड जाने तयारीमा छन्।आगामी वर्षसम्म नेपालको राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका उनले पछिल्लो दुई वर्ष नेपाली टोलीको प्रशिक्षण सम्हाली सकेका छन्।यतसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने कोजी एसियन गेम्ससम्म नेपाली टोलीसँगै हुने बताएको छ।

कोजी थाइल्याण्डमा हुने नेपाली टोलीको प्रशिक्षण अभ्यास खेलमा सँगै गएर एसियन गेम्ससम्म टिम सम्हाल्ने एन्फा प्रवक्ता किरण राईले भने।अहिलेसम्म टुरिष्ट भिसामा रहेको बताउँदै एन्फाले अब चाडै वर्क परमिट बनाउने जानकारी दिएको छ।अब सन् २०१९ जनवरीभन्दा अगाडि नेपाल आउन नपाउने कोजीका लागि एन्फाले वर्क परमिट बनाउँने प्रोसेस सुरू गरिसकेको राईले जानकारी दिए।कोजीले प्रशिक्षण सम्हालेको पहिलो प्रतियोगितामै नेपालले एएफसी सोलिडारी कपको उपाधि जितेको थियो।

Womui
Womui