कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

133

छिनछिन खबर
काठमाडौं, साउन १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (बिहीबार) सार्वजनकि गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बिहीबार नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए । परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।

यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दैछ ।

Womui
Womui