ऐतिहासिक खेलमा नेदरल्याण्डद्वारा नेपाल पराजित

56

काठमाडौं, साउन १६ (एजेन्सी) । क्रिकेटको डेब्यू एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बुधबार भएको एकदिवसीय खेलमा नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमा अलआउट भयो ।


नेपालका लागि ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ५१ र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रन बटुले । अन्य ब्याट्सम्यान सस्तैमा आउट भए । अनिल साह र ज्ञानेन्द्रको ओपनिङ जोडीले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । अनिल १३ ओभरको दोस्रो बलमा २१ रनमा आउट भए । त्यसपछि मैदान आएका कप्तान पारस खड्काले १२ रन भन्दा बढी जोड्न सकेनन् ।

लगत्तै एकदिवसीय खेलमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका ज्ञानेन्द्र ५१ रनमा आउट भए । उनले ६१ बलमा ८ चौका प्रहार गरे। यहि ओभरमा आरिफ शेख शून्य रनमा आउट भए । त्यसपछि लगातार विकेट गुमाएको नेपालका सोमपाल कामी, बसन्त रेग्मी र करण केसी पनि शुन्य रनमा आउट भए । सन्दीप लामिछाने १ रनमा आउट हुँदा शरद भेषवाकर ४ रनमा आउट भए । शक्ति गौचन ९ रनमा अविजित रहे । शरद हातमा चोट लाग्दा एघारौं नम्बरमा ब्याटिङमा आएका थिए ।

बलिङमा नेदरल्यान्ड्सका क्लासन, मिचेल रिप्पोन र पिटर सिलारले ३–३ विकेट लिए ।

Womui
Womui