पत्नीको झगडाले छोराको हत्या

49

छिनछिन खबर
काठमाडौं, साउन १६ । भक्तपुर, सानोठिमीमा बस्दै आएका डिल्लीराम चापागाईले १७ वर्षीय छोराको हत्या गरेका छन् । पत्नीसँगको झगडापछि उनले छोरा सागरको हत्या गरेको प्रहरीले जनाएको छ ।


मंगलबार राति १२ बजे भक्तपुरको सानोठिमीस्थित रमाइलो चोकमा डेरामा बस्ने मोरङ, सुनवर्षा– १ का ४० वर्षिय चापागाईंले श्रीमतीसँगको विवादपछि ओछ्यानमा सुतिरहेका छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको भक्तपुर प्रहीरीले जनायो । छोराको हत्यापछि राति १ बजे चापागाईं प्रहरी कार्यालयमा पुगेका थिए ।

Womui
Womui