‘जनविरोधी’ निर्णयविरुद्ध कांग्रेस सडकमा उत्रिदै

104

नेपालगन्ज, साउन १४-
सरकारले गरेका जनविरोधी निर्णयका विरुद्ध नेपाली कांग्रेसले मंगलबार बाँके लगायत देशभर एकैसाथ प्रर्दशन गर्दैछ । केन्द्रिय निर्णय अनुसार नेपालगन्जमा प्रर्दशन गर्न लागिएको छ । नेपाली कांग्रेस बाँकेको कार्यालय सुर्खेतरोडबाट मंगलबार बिहान ११ बजे सुरु हुने प्रर्दशन विपी चोक, त्रिभुवन चोक, धम्बोझी चोक हुदै पुनः विपी चोकमा फर्केर कोण सभामा परिणत हुने सभापति किरण कोईरालाले जानकारी दिईन् ।

बिरोध प्रर्दशनबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा सभापति कोईरालाले सरकारले दुई तिहाईको दम्भ देखाएर जनविरोधी निर्णय गर्न थालेपछि जनताको अधिकार रक्षाका लागि प्रतिवादमा उत्रनु परेको बताईन् । संघिय सरकार तथा प्रदेश सरकार निर्वाचित भएर आएपछि लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडी बढ्नुको साटो मनोमानी ढंगबाट चलेको उनले आरोप लगाईन् ।

कांग्रेस सभापति एवम् शेरबहादुर देउवा नेतृत्वको सरकारले ७० वर्ष घटाई ६५ वर्षमा बृद्धभत्ता दिने गरेको निर्णय, मृगौला स्पाईनल ईन्जुरी क्यान्सर र मुटुरोगका गम्भिर बिरामीलाई मासिक रुपमा ५ हजार जीविकोपार्जन भत्ता दिने ब्यवस्था, भुकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय र अघिल्लो सरकारले गरेका अन्य नीतिगत निर्णयलाई गैर कानुनी तरिकाबाट केपी ओली नेतृत्वको सरकारले खारेज गरेको भन्दै कांग्रेसले आक्रोश पोख्दै आएको छ ।

Womui
Womui