बलात्कारपछि बालिकाको हत्या गरेको विरोधमा प्रर्दशन–फोटो फिचर

126

नेपालगन्ज, साउन १४-
बलात्कारपछि बालिका हत्याको विरोधमा नेपालगन्जमा प्रर्दशन गरिएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–२ निवासी १३ वर्षीया बालिका निर्मला पन्तको बिहीबार बलात्कारपछि हत्या भएको थियो । उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा शब फेला परेको थियो । स्थानीय विपी चोकबाट सुरु भएको प्रर्दशनले बजारको परिक्रमा गरेको थियो । विभिन्न कलेजका बिद्यार्थीहरुको सहभागिता रहेको प्रर्दशनपछि आयोजित कोण सभामा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरे ।

यसैबीच बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको सोमबार दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा मृतकका परिवार र आफन्तले गरेको सहमतिअनुसार उनको हत्या भएको पाँचदिनपछि सोमबार दाहसंस्कार गरिएको हो । महाकाली आर्यघाटमा बुवा यज्ञराज पन्तले निर्मलालाई दागबत्ती दिए । उनले आफ्नी छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई कडा सजायको माग गरेका छन् ।

 

Womui
Womui