३६ लाख रुपैयाँ घुस लिने सडक डिभिजनका हाकिम श्रीमतीसहित पक्राउ

125

छिनछिन खर
काठमाडौ, साउन १२ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई पक्राउ गरेको हो। । ३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको बताइएको छ । बैंकमा जम्मा भएको रकमको भौचर भने बरामद भएको आयोगले जनाएको छ । उनकी श्रीमतीलाई हैटौडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगंजस्थित घरमा जाने क्रममा बाटैमा उनी पक्राउ परेकी हुन् ।


सडक निर्माणको बिल भुक्तानीका लागि उनले ठेकदारसँग मोटो रकम असुलेका हुन् । शनिबार बिहान अख्तियारको बुटवलस्थित कार्यालयले सिमलटारी प्यूठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

Womui
Womui