यी हुन् विश्वमै धेरै तलब पाउने सिइओ

219

काठमाडौं, साउन १२ (एजेन्सी) । कुनै पनि कम्पनीको संचालन, योजना तर्जुमा, नयाँ योजना ल्याउनेदेखि लिएर हरेक मामिला ह्याण्डल गर्ने जिम्मा चिफ एक्जेक्युटिभ अफिसर अर्थात सिइओको हुने गर्छ । कुनै पनि कम्पनीको मेजर डिसिजन मेकिङ तहमा हुने व्यक्ति सिइओ हो, जसले एकै समयमा कम्पनीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।


वास्तवमा सिइओकै भूमिका र उत्तरदायित्व बहनबाट नै समग्र कम्पनीको संचालन प्रक्रिया अघि बढ्छ । सिइओका प्रत्येक निर्णय तथा क्रियाकलापले नै कम्पनीको वित्तीय अवस्था समेत प्रभावित हुन्छ । कम्पनीको वासलात बढाउन वा घटाउन सिइओकै मास्टरमाइण्ड महत्वपूर्ण हुन्छ । जसले बनाएको प्लान वरिपरि नै कम्पनीको नाफाघाटा समेत भर पर्छ । विश्वभरका ठूला कम्पनीहरु त्यसका सिइओका कारण बेलाबखत चर्चामा आइरहन्छन् । कम्पनीहरुबीच उत्कृष्ट सिइओ ल्याउन प्रतिस्पर्धा नै चल्छ । विश्वमा धेरै सिइओहरु छन् जसले ति कम्पनीहरुमा आबद्ध भएबापत निकै मोटो रकम पाएका छन्।

टिम कुक, एप्पल


टिम कुकको बास्तविक नाम टिमोथी डोनाल्ड हो । हाल उनी एप्पलको सिइओका रुपमा कार्यरत छन् । उनी अमेरिकी इन्जिनियर हुन् जसले सातौं सिइओका रुपमा एप्पलको कमान सम्हाले । उनी सन् १९८८ मा सिनियर भाइस प्रेसिडेन्टका रुपमा एप्पलमा आबद्ध भएका थिए । एप्पल ज्वाइन गरेको २३ वर्षपछि उनी त्यसै कम्पनीको सिइओ भए । उनले अमेरिकाको राष्ट्रिय फुटबल संगठन तथा नाइके कम्पनीको बोर्ड अफ डाइरेक्टर्सका रुपमा पनि काम गरे । उनको सन् २०१८ का लागि वार्षिक आम्दानी १ करोड २ लाख ८० हजार डलर तोकिएको छ ।

स्टिभ कोलेनकोफ, क्वालकम
अमेरिकाको मल्टिनेशनल टेलिकम्युनिकेसन्स इक्विपमेन्ट तथा सेमिकन्डक्टर कर्पोरेसन क्वालकमका सिइओ स्टिभ कोलेनकोफ पेशाले इन्जिनियर हुन् । उनले कम्पनीको प्रविधि तथा रणनीतिहरु तय गर्छन् । यसबाहेक उनले कम्पनीको संचालक समितिलाई पनि सहयोग गर्छन् । उनीलाई संसारकै सफल सिइओमध्ये एक मानिन्छ । स्टिभले भर्जिनियाँ टेकबाट इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ गरेका हुन् । स्टिभले ६ करोड ७ लाख डलर कमाउँछन् ।

ल्यारी इलिसन, ओराकल
अमेरिकाका लरेन्स जोसेफ ल्यारी इलिसनका नामले चिनिन्छन् । उनी उद्यमी व्यापारी तथा परोपकारीका रुपमा पनि चर्चित छन् । उनी विश्वकै प्रसिद्ध कम्पनी ओराकलका कोफाउन्डर समेत हुन् । उनी कम्पनीका चिफ टेक्नोलोजी अफिसर तथा एक्जेक्युटिभ चेयरम्यानका रुपमा कार्यत छन्। फोर्ब्सका अनुसार उनी विश्वका सातौ धनी व्यक्ति हुन् भने अमेरिकाका पाँचांै धनाढ्य हुन् । उनले वार्षिक ५ करोड ५० लाख डलर कमाउँछन् ।

निक उडम्यान, गोप्रो
निकोलास डि निक उडम्यानका नामले गो प्रोका संस्थापक तथा सिइओका रुपमा परिचित छन् । उनी उद्यम क्षेत्रमा परोपकारीका रुपमा पनि चिनिन्छन् । सर्फिङमा रुचि भएका निकोलसले विश्वकै पहिलो सर्फिङ क्लब पनि खोलेका छन् । उनले वार्षिक ७ करोड ७४ लाख डलर कमाउँछन् ।

सत्या नाडेला, माइक्रोसफ्ट
सत्यानारायणना नाडेला भारतीय मुलका अमेरिकी बिजनेस एक्जेक्युटिभ हुन् । भारतको हैदराबादमा जन्मिएका सत्या सन् २०१४ मा विश्वकै सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्टका सिइओ नियुक्त भएका थिए । उनले हैदराबादको सरकारी स्कुलमा पढेका थिए । उनले भारतकै मनिपाल इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङको डिग्री लिएका थिए । हाल उनी संसारकै सफल सिइओ मानिन्छन् । उनले सिइओका रुपमा माइक्रोसफ्टमा कामम थालेदेखि माइक्रोसफ्टको शेयरमा समेत १५० प्रतिशतले बृद्धि भएको छ । उनले कम्पनीको मोबाइल स्ट्रयाटेजीलाई फेल हुनबाट जोगाए भने क्लाउड कम्प्युटिङमा फोकस गरे । सत्याको बार्षिक तलब १ करोड ८२ लाख डलर छ। उनले तलबबाहेक स्टक बोनसपनि प्रशस्तै पाउँछन् ।

मारियो गाबेली, गेम्को इन्भेष्टर्स
मारियो जोसेफ गाबेली सल्लाहकार, स्टक लगानीकर्ता र वित्तीय बिश्लेषक हुन् । एसेट म्यानेजमेन्ट कम्पनी गेम्कोका उनीका संस्थापक अध्यक्ष हुन् भने हाल रहेका मारियो कम्पनीका सिइओका रुपमा कार्यरत छन् । फोर्बसका अनुसार उनी अमेरिकाका ३४६ औं धनाढ्य व्यक्ति हुन् । कोलम्बिया बिजनेस स्कूलबाट बिजनेस एडमिनिस्ट्रेसनमा मार्टर्स डिग्री सकेका मारियो कम्पनीलाई अघि बढाउन सफल सिइओ मानिन्छन् । उनको वार्षिक तलब ८ करोड ८५ लाख डलर रहेको छ ।

ग्रिगोरी माफेइ, लिबर्टी मिडिया एण्ड लिबर्टी इन्ट्रयाक्टिभ
लिबर्टी मिडिया कर्पोरेसनका सिइओ ग्रेग माफेइले हार्वर्ड बिजनेस स्कूलबाट एमबिए सकेका हुन् । लिबर्टी कर्पोरेसनले अमेरिकाका चर्चित इन्टरटेन्टमेन्ट बिजनेस, मिडिया तथा संचार, सिरियस एक्सएम जस्ता बिभिन्न कम्पनीहरु होल्ड गर्छ । चर्चित फर्मुला वान रेसिङ इभेन्ट पनि यसै कम्पनीले आयोजना गर्ने गर्छ । ग्रिगोरीले बार्षिक ७ करोड ३८ लाख डलर तलब लिन्छन् ।

माइकल फ्राइज, लिबर्टी ग्लोबल
माइकल फ्राइज लिबर्टी ग्लोबलका सिइओ तथा भाइस प्रेसिडेन्ट पनि हुन् । कोलम्बिया बिजनेस स्कुलबाट मास्टर्स गरेका माइकल सन् २००५ मा कम्पनीका सिइओ भएका थिए । कम्पनीलाई उत्कृष्ट नतिजा दिने सिइओका रुपमा माइकल चर्चित छन् । उनले वार्षिक ११ करोड १९ लाख डलर तलब लिने गर्छन् ।

सुन्दर पिचाइ, गुगल
भारतका सुन्दराराजन पिचाइका विश्वबिख्यात कम्पनी गुगलका सिइओ हुन् । भारतको तामिलनाडुमा जन्मिएका पिचाइ सन् २०१५ मा गुगलका सिइओका रुपमा नियुक्त भएका थिए । पिचाइले भारतबाट इन्जिनियरिङ तथा अमेरिकाबाट एमबिए तथा म्याटेरियल साइन्स पढेका थिए । उनले स्ट्याण्डफोर्ड युनिभर्सिटीबाट एमएस समेत गरेका छन् । पिचाइको तलब वार्षिक १५ करोड डलर तोकिएको छ ।

डेभिड जास्लाभ, डिस्कभरी कम्युनिकेसन्स
डेभिड एम जास्लाभ डिस्कभरी कम्युनिकेसनका सिइओ हुन् । सन् १९६० न्यूयोर्कमा जन्मिएका डेभिडले एनबिसी युनिभर्सलका एक्जेक्युटिभका रुपमा पनि काम गरे । बोस्टन युनिभर्सिटी अफ लबाट ग्रयाजुएट डेभिडले डिस्कभरी कम्युनिकेसन अन्तर्गतका एमएसएनबिसी र सिएनबिसीका लागि कार्यक्रम उत्पादन तथा विकासका योजना तथा रणनीति तर्जुमा गर्छन् । उनको बार्षिक कमाइ १५ करोड ६१ लाख डलर रहेको छ ।

Womui
Womui