५ नम्बर प्रदेशको स्थायी राजधानी दाङ नै हुन्छः सभामुख महरा

37

छिनछिन खबर
दाङ, साउन ९ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङ प्रदेश नम्बर ५ को स्थायी राजधानी हुने बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महराले दाङको भालुवाङ–गंगटे–लमही आसपासमा प्रदेशको स्थायी राजधानी हुने बताए । ती स्थानमा हुने स्थायी राजधानीलाई त्यसलाई सबैले स्वीकार्नुपर्ने उनको भनाइ छ ।


उनले विकास गर्नका लागि केन्द्रको मुख ताक्ने दिन सकिएको समेत बताए । ‘चीन, कोरिया, सिंगापुर, युरोप तिरको विकास पैंसाले मात्रै भएका होइनन्,’ उनले भने, ‘निजी साझेदारीले त्यो सम्भव भएको हो । नेपालमा पनि त्यस्तै मोडलमा जान सकिन्छ ।’अरुलाई आलोचना गर्न र भन्न सजिलो रहे पनि त्यो कुरा गरेर देखाउन गाह्रो रहेको समेत उनको भनाइ छ । महराले सत्तामा रहँदा भनेका सबै कुरा गर्न गाह्रो रहेको र सत्ता बाहिर हुँदा बोल्न सजिलो रहेको बताए ।

Womui
Womui