डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको पहिलो बार्ता सकारात्मक

156

छिनछिन खबर
काठमाडौं, साउन ८ । पच्चीस दिनदेखि आमरण अनसनरत डा.गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र केसी पक्षबीच मंगलबार साँझ औपचारिक वार्ता सुरु भएको छ ।सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुवै पक्षबीच वार्ता सुरु भएको हो । औपचारिक वार्ता सुरु हुनुअघि सरकारी टोली र डा.केसी पक्षबीच सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भेटवार्ता भएको थियो । त्यसपछि औपचारिक वार्ता तय भएको हो ।

दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न सकिने बुँदा नै तोकेर सरकारी वार्ता टोलीलाई म्यान्डेड दिएको थियो । सरकारी वार्ता टोलीका सदस्य सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलले सिंहदरबार आउनु अगाडि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।

संसदीय दलको कार्यालयमा डा.केसी पक्षीय वार्ता टोलीसँग करिब ३० मिनेट बिताएपछि नेम्वाङले डा.केसी पक्षका वार्ताकारलाई आफ्नै गाडीमा राखेर शिक्षा मन्त्रालयतर्फ लागेका थिए । सो भेटमा सरकारी पक्षले चिकित्सा शिक्षा विधेयकमा के के संशोधन गर्न सकिन्छ भनेर लिखित दिएको स्रोतले जनाएको छ । डा.केसीको तर्फबाट वार्टा टोलीमा डा.अभिषेकराज सिंह, डा.जीवन क्षेत्री सहभागी छन् ।

Womui
Womui