डा. केसीको समर्थनमा देशभरका चिकित्सक आन्दोलित, आकस्मिकबाहेक अस्पतालका सबै सेवा बन्द

43

छिनछिन खबर
काठमाडौं, साउन ८ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सक आन्दोलित भएका छन् ।


उनीहरूले मंगलबार ओपिडी सेवा बन्द गरेर सरकारलाई केसीका माग पूरा गर्न दबाब दिएका छन् । काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द घोषणा गरेका छन् ।

Womui
Womui