छोरालाई कलेज भर्ना गर्न जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै बाबु छोराको मृत्यु

404

छिनछिन खबर
पाल्पा, साउन ६ । नेपालका अधिकांश सडकहरुको अवस्था जोखिमपूर्ण रहेको छ । त्यस्तै मध्येको एक सडक हो, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा खण्ड । बुटवल पाल्पा सडकको सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको ३ किलोमिटर सडक झनै जोखिमयुक्त मानिन्छ ।यसै सडक खण्डको हेडबक्स नजिकै आइतबार असुरक्षित सडककै कारण दुई जना बाबु र छोराको अकालमै ज्यान गएको छ । पाल्पाको तानसेन नगरपालिका ७ तिन्टीआँपबाट छोरालाई कलेज भर्ना गर्न बुटवल आउँदै गर्दा सडकबाट चट्टाने भीरमा खसेर बुबा माधव कुमाल र छोरा उमेश कुमालको ज्यान गयो ।

दुर्घटनास्थलको सडक सांघुरो र घुम्ती छ । लु २१ प. ९६८० नंं. को मोटरसाइकलमा आउँदै गर्दा सांघुरो घुम्ती सडकको किनारमा मोटरसाइकल पल्टिएको छ तर बाबुछोरा सडकमा छेकबार नहुँदा चट्टाने भीरमा खसेर मृत्यु
भयो ।

कोही नभएको अवस्थामा दुर्घटना भएकाले कसरी भयो भन्ने ठ्याक्कै यकिन भन्न नसकिएपनि सम्भवतः अर्को सवारी साधनलाई ओभरट्याक गर्दा विपरीत दिशाबाट अर्को सवारी साधन आउँदा मोटरसाइकल चालक अत्तालिएर नियन्त्रण गुमाउँदा बाइक पल्टिएको हुन सक्ने अनुमान गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए । दुर्घटनास्थलमा सडक छेउमा पर्खाल वा फलामे बार कुनै एक भएको भए आजको दुर्घटनामा दुबै जनाको ज्यान नजाने प्रहरी उपरीक्षक चन्दको भनाइ छ ।

Womui
Womui