डा केसीका समर्थकहरूले वसन्तपुरमा सामूहिक अनसन शुरू गरे

29

 

छिनछिन खबर

काठमाडौं, साउन ६ । डा गोविन्द केसीका माग सम्बोधनका लागि दबाव दिन आजदेखि सामूहिक अनसन सुरु भएको छ ।‘सोलिडारिटी फर डा केसी’ अभियानले काठमाडौंको वसन्तपुरमा आइतबार बिहान १० बजे देखि सामूहिक अनसन सुरु गरेको हो । आज पहिलो दिन अनसन साँझ ५ बजेसम्म चल्ने बताइएको छ ।

अनसनमा सामाजिक अगुवा, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधारण गरी करिब १ सयभन्दा बढीको सहभागिता रहेको छ ।

अनसनमा बसेका डा केसीका समर्थकहरुले सरकारले मागका सम्बन्धमा चासो नदेखाएको आरोप लगाएका छन् । डा केसीको माग सुनुवाइका लागि दबाव दिन समर्थकहरु व्यानर, पर्चा तथा पम्पलेटका साथ अनसनमा सहभागि भएका छन् ।

डा केसीका माग सम्बोधन नभएसम्म अनसन जारी रहने उनीहरूको भनाइ छ । शनिबार माइतिघर मण्डलादेखि नयाँबानेश्वरसम्म विशाल प्रदर्शन भएको थियो चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा केसी विगत २३ दिनदेखि अनसनमा छन् । गत असार १६ गते जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले गत बिहीबार मात्रै काठमाडौं ल्याएको थियो ।

Womui
Womui