स्थानीय तहमा किन पुगिरहेका छैनन् बैंक, १९७ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर

126

छिनछिन खबर
काठमाडौं, साउन ५ । संघीय संरचना अनुसार गठित ७५३ स्थानीय तह मध्ये अझै १९७ तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार ७५३ स्थानीय तहमध्ये ५५६ स्थानीय तहमा मात्र बाणिज्य बैंकको शाखा सञ्चालनमा आएको छ ।


गएको वर्ष सरकारले प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको शाखा स्थापना गर्न निर्देशन दिएको थियो । तर १९७ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर रहेका छन् । सरकारी निर्देशनपश्चात बैंक नपुगेका २६१ स्थानीय तहमा भने बैंकहरुले शाखा खोलेका छन् । स्थानीय तहमा बैंकिङ सेवा नपुग्दा आर्थिक क्रियाकलापमा समस्या परिरहेको गुनासो छ । बैंकहरूले भने स्थानीय तहमा पुग्न नसक्नुको कारण असुरक्षालाई देखाउँदै आएका छन् । देश संघीयतामा गइसकेको बेला स्थानीय तहमा बैंकको अति आवश्यक ठानिन्छ । स्थानीय तहमा बैंकको विस्तार नहुँदा रकम निकासाका लागि सदरमुकाममा पुग्नु पर्ने बाध्यता आएपछि संघीयताको के अर्थ भन्दै प्रश्न गर्न थालिएको छ ।

Womui
Womui