रहेनन् धरानका मेयर सुब्बा

24

छिनछिन खखर
काठमाडौं, साउन १।सुनसरीको धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको निधन भएको छ।राजधानीको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ११ बजे उनको निधन भएको हो।

 

अस्पतालका अनुसार कडा किसिमको निमोनियाले बेहोस भएका सुब्बाको आईसियुइमा राखेर उपचार भएको थियो।एक साताअघि अस्पताल भर्ना भएका सुब्बाको मंगलबार निधन भएको हो। सुब्बाको तीन वर्षअघि मृर्गौला प्रत्यारोपण गरिएको थियो।२०७४ मा भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वार बनेका सुब्बा २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका थिए।

Womui
Womui