स्वास्थ्य परीक्षण गर्न मानेनन् डा गोविन्द केसी

48

छिनछिन खबर

काठमाडौं, असाार २९ । सरकारले आँफूलाई बेवास्ता गरेको भन्दै केसीले स्वास्थ्य परीक्षण गर्न अस्वीकार गरेका छन् । सत्याग्रहको १४ दिन र आफूले वार्ताका लागि पहल गरेको ३ दिन बितिसक्दा पनि सरकारले कुनै चासो नदिएकाले सरकारले आफ्नो मृत्यु चाहेको उनले बताए ।

३ करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नुपरे पनि आफू तयार रहेको उनको भनाइ छ । सरकारले वार्ता गर्न नचाहेको र आँफू काठमाडौं आएपछि मात्रै वार्ता हुने बताउनु सरकारको मलाई झुक्याउने चाल हो भन्ने उनको भनाई छ । सरकारले वार्ता गर्न चाहेको भए काठमाडौंमा आफ्नो वार्ता टोली रहेको बताए ।

डाक्टर गोविन्द केसी

डा केसीको स्वास्थ्य अवस्था भने बिग्रँदो छ । विगतका अनसनको तुलनामा जुम्लाको चिसो मौसम र उच्च क्षेत्रको हावापानीका कारण नयाँ – नयाँ समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सक बताउँछन् । दोस्रो तेस्रो दिनदेखि रगतमा अक्सिजनको मात्रा घट्न थालेको थियो । अहिले त्यसैका कारण सास फेर्न गार्हो हुने, बोल्दा सास बढ्ने, उठ्न गाह्रो हुने समस्या छ । उनलाई निरन्तर कृत्रिम अक्सिजन दिइएको छ ।

बिहीबार दिउँसो दुईपटक अर्ध बेहोसीजस्तो अवस्था देखिएको चिकित्कस बताउँछन् ।उपचाररत चिकित्सकहरुका अनुसार ब्रेनसम्म जाने रगतमा अक्सिजन र ग्लुकोजको मात्रा दिनानुदिन कम भएका कारण यस्तो भएको हो । उनीहरुका अनुसार केही दिनसम्म अझै यस्तै रगतको सञ्चार भइरहे डा केसी बेहोस हुने र स्वास्थ्यमा गम्भीर असर पर्ने हुनसक्छ ।

छातीको दुखाइ पहिलेको तुलनामा झन् बढेको बताइएको छ । मुटुको चालमा त्यति विघ्न गडबढी नदेखिए पनि गति असामान्य छ ।सुरुकै दिनबाट निरन्तर घटिरहेको सेतो रक्तकोषिकाको संख्या हिजोको रगतको रिपोर्ट अनुसार ४ हजारभन्दा कम भइसकेको छ । यसका कारण डा केसी विभिन्नखाले संक्रमणको उच्च जोखिममा छन । चिकित्सकहरुका अनुसार सामन्य रुघाखोकी र ज्वरो आएको खण्डमा पनि त्यसले अकल्पनीय क्षति निम्त्याउन सक्छ ।

कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास सुधार हुन सकेको छैन ।पिसाबमा ’केटोन बडी’ अत्याधिक देखिन थालेको छ । चिकित्सकका अनुसार शरीरमा सञ्चित बोसोहरु पग्लेर मांसपेशी पनि टुक्रिन थालिसकेको छ । यसैका कारण पहिलो दिनको तुलनामा डा केसीको तौल ९ केजी घटेको चिकित्सकहरु बताउँछन् ।

Womui
Womui