न्यायाधीश नियुक्तिको विवाद संवैधानिक इजलासमा

62

छिनछिन खबर
काठमाडौं, असार २८ । उच्च अदालतका न्यायाधीश नियुक्तिको विवाद संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बिहीबार न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले उक्त रिट संवैधानिक इजलासबाट सुनुवाइ आदेश दिएको हो ।


न्यायपरिषदले २०७३ पुस २८ गते उच्च अदालतको न्यायाधीश सिफारिस गर्दा परिषद्का सबै सदस्यको उपस्थिति नदेखिएको र समानुपातिक समावेशी सिद्धान्त बमोजिम नभएको भन्दै सर्वोच्चमा रिट दायर गरिएको थियो । उनीहरुले उक्त निर्णय बदरको माग गर्दै संविधान र कानुन बमोजिम पुनः न्यायाधीश नियुक्ति गर्न माग गरेका थिए । सर्वोच्चले उक्त विषयमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएकाले संवैधानिक इजलासमा पठाउनु उपयुक्त हुने ठहर गरेको हो ।

Womui
Womui