टिप्परले दुर्घटना बढाउँदा काठमाडौं सडकमा दिउँसो टिप्पर चलाउन रोक

64

छिनछिन खबर
काठमाडौं, असार २७ । राजधानीको सडकमा टिप्परका कारण अत्याधिक दुर्घटना बढेपछि आतंकित बनेका टिप्पर बेलुका मात्र चलाउन पाइने भएको छ । दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र उपत्यकाका तीन जिल्लामा टिप्पर चलाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।उपत्यकाका तीन जिल्लाका सिडिओ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मन्त्रालयले बुधबार यस्तो निर्देशन  दिएको हो ।

टिप्परको ठक्करबाट हरेक हप्ताजसो राजधानीमा मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्तिको मृत्यु भइरहेको छ । तिव्र गतिमा लापरबाह तरिकाले चलाउने भएकाले टिप्परका कारण दुर्घटना बढेको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन् ।

Womui
Womui