जटिल बन्दै डाक्टर केसीको स्वास्थ्य

79

छिनछिन खबर
काठमाडौं , असार २७चिकित्सा शिक्षा सुधार माग गर्दै जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ।केसीको उपचारमा संलग्न चिकित्सकहरूको समूहले दिएको जानकारी अनुसार उनको वर्तमान स्वास्थ्य हेर्दा जुनसुकै समयमा पनि आइसियु आवश्यकता पर्न सक्ने छ।

संक्रमणबाट बचाउन केसीलाई हाल विशेष उपचार कक्षमा राखेर उपचार भैरहेको उपचारमा संलग्न चिकित्सक डा. प्रविण कुमार गिरीले जानकारी दिए।हाल अनसनरत डा. केसीलाई छाती दुख्ने, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने, मुटुको चाल तलमाथि हुने समस्या देखिएको छ ।

 

यस्तै उनको पिसाबमा किटोन बढी देखिनुका साथै सेतो रक्त कोषिका क्रमिक रूपमा घट्दै गएको छ।डा. केसीलाई अहिले पनि आवश्यकता अनुसार अक्सिजन दिइरहेको उपचारमा संलग्न चिकित्सक गिरीले जानकारी दिए।यता सरकारले भने डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराख्ने बताएको छ।

राज्यमन्त्री पद्मा अर्यालले काठमाडौंमा ल्याएर उनको स्वास्थ्य उपचार गर्ने र सरकारले वार्ता गर्ने तयारी गरिसकेको छ बताइन्। साथै, यदि उनी काठमाडौं आउन मानेनन् भने पनि सरकारी टोली जुम्ला गएर वार्ता तथा सम्वादमार्फत् सहमति गरेर उनको अनसन तोडाउने बताइन्।उनी अनसन बसेको आज १२ औं दिन हो।

Womui
Womui