१ लाख घुस सहित इन्जिनियर पक्राउ

36

छिनछिन खबर
काठमाडौं,असार २६ ।बाँकेको डुडुवा गाउँपालिकामा कार्यरत इन्जिनियर तेजराज खड्का एक लाख घुस रकम सहित पक्राउ परेका छन् ।


खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले नेपालगञ्ज उप–महानगरपालि विपी चोक स्थित दङगाली केसी मःम सेन्टरबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।इन्जिनियर खड्काले माटो पटान तथा ग्राबेल सड्क निर्माण कार्यको कार्यसम्पन्न प्रतिवेदन तयार पार्ने प्रयोजनको लागी सेवा ग्राहिसँग घुस रकम लिएको बताइएको छ । खड्काबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Womui
Womui