ट्रिपरको ठक्करबाट जडिबुटीमा १ जनाको मृत्यु।

45

छिनछिन खबर
असार २६, काठमाडौं ।राजधानीको जडिबुटीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ८७२५ नम्बरको ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा भक्तपुरको सल्लाघारी स्थायी घर भएका रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रिपरले सोही दिशाबाट कोटेश्वरतर्फ आउँदै गरेको बा. ८५ प ७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । मोटरसाईकल चालक भक्तपुर सल्लाघारीका १८ बर्षीय अमन ढुंगेल घाइते भएका छन् । मृतक सुवेदी मोटरसाइकलको पछाडी सवार रहेको प्रहरीले जनाएको छ ।मोटरसाईकल चालकको बायाँ खुट्टामा चोट लागेको छ । उनको बानेश्वरस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । ट्रिपर चालक धादिङको धार्के गाउँपालिका स्थायी घर भएका बर्षीय हरिशरण राई र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Womui
Womui