मुस्ताङ टिपर दुर्घटना मृतकका परिवारलाई गाउँपालिकाले काजक्रिया खर्च दिने।

198

छिनछिन खबर
मुस्ताङ ,असार २६।मुस्ताङमा गत शुक्रबार भएको टिपर दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यलाई राप्ती गाउँपालिकाले काजक्रिया खर्च दिने निर्णय गरेको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले मृतकका परिवालाई काजक्रिया खर्चबापत जनही दश हजार दिइएको बताए।मुस्ताङमा भएको टिपर दुर्घटनामा परी राप्ती गाउँपालिका निवासी गुरुदक्त थापा, शान्ति थापा, सुबेरु चौधरी र कविता घर्तीको मृत्यु भएको थियो। चारै जना मृतकका परिवारलाई काजक्रिया खर्चबापत जनही १० हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए।साथै शव ल्याउन चार्टर्ड गरिएको हेलिकोप्टरको भाडा र अन्तिम संस्कार गर्न लागेको सम्पूर्ण खर्च समेत गाउँपालिकाले नै गर्ने निर्णय गरिएको अध्यक्ष सुवेदीले बताए । मृतक सबै विपन्न परिवारका हुन्। मुस्ताङमा सडक निर्माणको काममा गएका बखत उनीहरूसहित विभिन्न जिल्ला निवासी २० जनाको टिपर दुर्घटनामा परी मृत्यु भएको थियो।

गाउँपालिकाका अध्यक्ष सुवेदीले मृतकका आफन्तहरूले गाउँपालिकामा आएर निवेदन दिएमा उक्त सहयोग प्रदान गरिने जानकारी दिए।त्यस्तै दाङको राजपुर गाउँपालिकाले पनि मुस्ताङ घटनामा मृत्यु भएका २ जना व्यक्तिका परिवारहरूलाई राहत दिने निर्णय गरेको राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष विष्णबहादुर बुढाले जानकारी दिएका छन्।उक्त टिपर दुर्घटनामा रोल्पाका ९, दाङका ६, धादिङ, ओखलढुङ्गा, स्याङ्जा, कपिलवस्तु र कैलालीका १र१ जनाको मृत्यु भएको थियो। सोमबार मात्रै गृहमन्त्री रामबहादुर थापाले मुस्ताङ घटनामा मारिएका सबै व्यक्तिका परिवालाई जनही ५ लाख दिने निर्णय सार्वजनिक गरेका थिए।

Womui
Womui