शान्ति सेनाको मिसनमा २० प्रतिशत महिला अनिवार्य

43

छिनछिन खबर
काठमाडौं, असार २५ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा महिला प्रहरीको संख्या बढाउने भएको छ । राष्ट्रसंघका उच्च अधिकारीहरुसँगको भेटमा नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसंघमा प्रहरी संख्या बढाउन पहल थालिएको जानकारी दिएका छन् ।


संयुक्त राष्ट्रसंघ शान्ति मिसन हेर्ने उपमहासचिव जिन पेरे लाक्रोइस, कानुनी शासन हेर्ने उपमहासचिव अजेक्जेन्डर जोयुभ, प्रहरी विभाग प्रमुख सल्लाहकार लुइस हारिहो, प्रहरी उपप्रमुख साओवेन याङ, छनोट महाशाखाका प्रमुख यता यनीगुन लगायतका अधिकारीहरुसँग भेट गरेका हुन् । भेटमा उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त राष्ट्रसंघलाई पु¥याएको योगदानको प्रशंसा गरेका छन् । भेटमा राष्ट्रसंघका महासचिवले सन् २०२० सम्म शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी पु¥याउने योजना रहेको र त्यसलाई सहयोग गर्न आग्रह गरेका छन् । सन् २०२० सम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि एफपियु र अनपोल मिसनमा कुल कोटामध्ये २० प्रतिशत महिला पु¥याउनुपर्ने हुन्छ । त्यसका लागि सहयोग गर्ने दुवै आइजिपीले प्रतिबद्धता व्यक्त गरेका छन् । द्वन्द्वबाट प्रभावीत देशहरु सुडान, दक्षिण सुडान र हाइटीमा शान्ति स्थापनार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी अधिकारीहरु खटिएका छन् ।

Womui
Womui