गंगामायाका छोराका हत्या आरोपी छविलाल पौडेल थुनामा

114

छिनछिन खबर
काठमाडौं, असार २४ । अनसनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादको हत्या आरोपी छबिलाल पौडेलाई पुर्पक्षका लागि थुनामा राखिएको छ। गोरखा फुजेलका कृष्णप्रसादको हत्या आरोपी छविलालले आइतबार आत्मसमर्पण गरेका थिए । छबिलाल सर्वोच्च अदालतको आदेश बमोजिम डिल्लीबजार कारागारमा राखिएको हो ।


यसअघि जिल्ला अदालत चितवनले छबिलाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालतको फैसला सदर गरेको थियो । २०७२ पुसमा न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदनको आदेश बदर गर्दै छबिलालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार उनी आफैं अदालतमा उपस्थित भए ।

छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया वीर अस्ःपतालमा अनसन बसिरहेकी छन् । यसअघि सोही माग गर्दै अनसन बसेका कृष्णप्रसादका बुवा नन्दप्रसादको अनसनकै क्रममा निधन भएको थियो ।

Womui
Womui