विश्वकपमा सेमिफाइनलका खेल सकिए, फाइनल प्रवेशका लागि यी टिम भिँड्दैछन्

58

काठमाडौं, असार २४ (एजेन्सी) । २१ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहाननको अन्तिम सेमिफाइनलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेसँगै सेमिफाइनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो ।


क्रोएसियासँगै फ्रान्स, बेल्जियम र इङ्ल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेका हुन् । सेमिफाईनलमा पुगेका चार वटै टोली युरोपियन हुन् । फाइनल प्रवेशका लागि अब फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । युरो कपको उपविजेतासमेत रहेको फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र उरूग्वेलाई २–० ले पन्छाउँदै यो विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो टोली बन्यो । योसँगै फ्रान्स छैठौं पटक अन्तिम चारमा पुगिसकेको छ । दुई पटक फाइनल खेलेको उसले सन् १९९८ मा विश्वकप जितेको थियो भने सन् २००६ मा दोस्रो भएको थियो । यस्तै सन् १९५८ र १९८६ मा तेस्रो भएको थियो ।

यस्तै पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पाखा लगाउँदै अर्को युरोपेली मुलुक बेल्जियम सेमिफाइनल पुग्ने दोस्रो टिम बन्यो । बेल्जियम दोस्रो पटक विश्वकपको सेमिफाईनल प्रवेश गरेको हो । उसले सन् १९८६ को विश्वकपमा सेमिफाइनल पुग्दै चौथो भएको थियो ।
इङ्ल्याण्डले स्वीडेनलाई २–०ले हराउँदै २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गर्‍यो । सन् १९६६ को विजेता इंल्याण्डले सन् १९९० को विश्वकपमा सेमिफाइनलसम्म पुगेर चौथो भएको थियो ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा घरेलु टोली रूसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा स्थान बनाउन सफल भयो । योसँगै क्रोएसिया दोस्रो पटक सेमिफाइनलमा पुगेको हो। यसघि सन् १९९८ मा नेदरल्याण्डलाई हराउँदै तेस्रो भएको थियो । अब फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल मंगलबार हुनेछ । दुई टोलीबीचको खेल सेन्ट पिटर्सवर्ग रंगशामामा नेपाली समय अनुसार राति ११ः४५ मा सुरू हुनेछ ।

दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले क्रोएसियाको सामना गर्नेछ। क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ । लुजिनिकी रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ११ ः४५ मा सुरू हुनेछ ।

Womui
Womui