घर फर्कने टोलीमा उरूग्वे पनि, फ्रान्सद्वारा २–० ले पराजित

44

काठमाडौं, असार २२ (एजेन्सी) । दुई पटकको विश्वकप विजेता उरूग्वे फ्रान्ससँग २–० ले पराजित भएपछि घर फर्कने टोलीमा परेको छ । रसियामा सम्पन्न भएको खेलमा उरूग्वेलाई पराजित गरेसँगै फ्रान्स भने सेमिफाइनलमा पुगेको छ ।


फ्रान्सले उरूग्वेविरूद्ध पहिलो अग्रता खेलको पहिलो हाफमा लिएको थियो । खेलको ४० औं मिनेटमा राफेल भारानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रिकिकबाट आएको बललाई राफेलले जाली चुमाउँदै फ्रान्सलाई अग्रता दिलाएका हुन् । लुकास हेर्नानडेजले नान्देजलाई फल गरेपछि फ्रान्सले फ्रिकिकको अवसर पाएको थियो ।

पहिलो हाफमा एक गोल गरेको फ्रान्सले दोश्रो हाफमा आफ्नो अग्रतालाई दोब्बर पा‍¥यो । उरूग्वेका गोल रक्षक फरनान्डो मुलसेराको बिर्सनलायक गल्तीले गर्दा सो गोल खान पुगेको थियो । फ्रान्सका ग्रिजम्यानले डिवक्सबाहिरबाट प्रहार गरेको बल मुलसेराले हल्का ढंगले लिन खोज्दा उनको हातबाट छुटेर जाली चुमेको थियो ।
फ्रान्सले अब फानल प्रवेशका लागि बेल्जियम र ब्राजिलबीचको खेलको विजेतासँग खेल्नेछ ।

Womui
Womui