स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा १५ मजदुरको मृत्यु

45

छिनछिन खबर
मुस्ताङ , असार २२ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खःदा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनाःथलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन् ।ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवःथा सामान्य रहेको छ भने अरुको अवःथा गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनाःथलमा रहेका प्रहरी हवल्दार परियारले बताए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली पनि घटनास्थलतर्फ गएको छ

Womui
Womui