कर्णाली प्रदेशका जनता सबैभन्दा गरिब, किन भयो यस्तो ?

329

छिनछिन खबर
काठमाडौं, असार २१ । बहुआयामिक गरिबीको दरलाई विश्लेषण गर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी गरिबी रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको प्रदेशगत जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थितिको अध्ययन प्रतिवेदनले तीन प्रदेशमा गरिबी दर राष्ट्रिय औसत भन्दा उच्च रहेको देखाएको छ ।


अध्ययन प्रतिवेदनका अनुसार नेपालमा २८.६ प्रतिशत बहुआयामिक गरिबी रहेको छ । बहुआयामिक गरिबीको दरलाई विश्लेषण गर्दा कर्णाली प्रदेश र प्रदेश २ मा सबैभन्दा बढी गरिबी रहेको देखिन्छ । त्यस्तै क्रमशः प्रदेश ७ र प्रदेश ५ गरिबी प्रदेशमा पर्दछन् । बहुआयामिक गरिबीको दरलाई आधार मान्दा प्रदेश ३ र ४ मा सबैभन्दा कम गरिबी रहेको छ ।अध्ययन प्रतिवेदन अनुसार प्रदेश ७ मा ३३.६ प्रतिशत, प्रदेश नम्बर ५ मा २९.९ प्रतिशत, प्रदेश नम्बर १ मा १९.७ प्रतिशत, प्रदेश नम्बर ४ मा १४.२ प्रतिशत र प्रदेश नम्बर ३ मा सबैभन्दा कम १२.२ प्रतिशत बहुआयामिक गरिबीको रेखामुनी रहेका छन् ।


यस्तै कर्णाली प्रदेशमा ५१.२ प्रतिशत बहुआयामिक गरिबी छन् भने प्रदेश २ मा ४७.९ प्रतिशत बहुआयामिक गरिबी छन् । प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ मा गरिबीको दर राष्ट्रिय औसत २५.२ प्रतिशत भन्दा उच्च रहेको छ । अन्य प्रदेशमा भने राष्ट्रिय औसत भन्दा कम रहेको छ ।प्रदेश ७ मा गरिबीदर उच्च रहेको छ । प्रदेश ७ मा ४२ प्रतिशत, प्रदेश ५ मा २५.८ प्रतिशत, कर्णाली प्रदेशमा ३६.५ प्रतिशत र प्रदेश २ मा २७.७ प्रतिशत गरिबी दर रहेका छन् । प्रदेश ७ मा गरिबीको विषमता १२.१ प्रतिशत र गरिबीको गहनता ४.६ प्रतिशत रहेका छन् । प्रदेश १ मा गरिबीको विषमता ३.३ र गहनता १.१ सबैभन्दा न्युन हो ।

यस्तै संख्यागत रुपमा प्रदेश २ मा सबैभन्दा बढी १४ लाख ८३ हजार ८८४ जना र प्रदेश ४ मा सबै भन्दा कम ४ लाख १० हजार ३२ जना गरिब रहेका छन् ।

Womui
Womui