पुर्वराजा ज्ञानेन्द्र परिवारसहित नेपालगन्जमा-फोटो फिचर

67

नेपालगन्ज, असार २०-
पुर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित नोपलगन्ज आईपुगेका छन् । यही असार २३ गते परेको आफ्नो जन्मदिन मनाउन बुधबार अपरान्ह नेपालगन्ज आईपुगेका हुन् । अपरान्ह श्रीएअरको विमानबाट पुर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरी प्रेरणा, नाति, नातिनासहित नेपालगन्ज विमानस्थलमा ओर्लिए ।

विमानस्थलमै नेपालगन्ज उपमहानगरपालिकाका मेयर एवम् राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणाले पुर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए । स्वागत गर्न एकिकृत राप्रपा ( राष्ट्रवादी) का केन्द्रिय सहायक प्रवक्ता तेजनारायण कँडेल, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायत राप्रपा, शिवसेनाका नेता कार्यकर्ता, राजसंस्था शुभेच्छुक तथा समर्थकहरु पनि पुगेका थिए । विमानस्थलमा उपस्थित उनका शुभेच्छुकले भव्य स्वागत गरे । ज्ञानेन्द्र आईपुग्नु अगावै पुर्वयुवराज्ञी हिमानी शाह र उनका छोराछोरी छुट्टै उडानबाट नेपालगन्ज विमानस्थलमा ओर्लिएका थिए ।

पुर्वयुवराज पारस शाह पनि स्थलमार्गबाट पाल्पा, बुटवल हुदै नेपालगन्ज आईसकेका छन् । पुर्वराजा ज्ञानेन्द्र सहित उनको परिवार नेपालगन्जको कारकाँदोस्थित होटल सोल्टीमा बास बसेका छन् । पुर्वराजाको जन्मदिन मनाउन राजावादीहरुले बाँकेमा भव्य तयारी गरेका छन् ।

Womui
Womui